नाबालिका बलात्कार मुद्दामा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला
काठमाडाैं | माघ २०, २०७९
तनहुँ: नाबालिका बलत्कार गर्ने तनहुँका एक वृद्धलाई जन्मकैदको फैसला भएको छ। भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
मुद्दाको संवेदनशीलताले गर्दा पीडकको नाम खुलाइएको छैन। वृद्धलाई वि.सं. २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरेर तीन जना बालिकालाई बलात्कार गरेको अभियोग लागेको तनहुँ जिल्ला अदालतले जनाएको छ।
आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरेर जिल्ला कारागारको थुनामा राखेको थियो। सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिइएको छ।
वि.सं. २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको श्रेतेदार कुँवरले जानकारी दिनुभयो । कुँवरका अनुसार आरोपित वृद्ध २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

